कालीगण्डकीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
गल्याङ नगरपालिका वार्ड नं १ रामनदी धाम नजिक काली गण्डकीमा डुबेर एक महिला को मृत्यु भएको हो।
अन्दाजी ३५ वर्षकी देखिने उक्त महिला केही बेर अगाडि नदीको बगर मा थिइन् ।
करिब १२:३० बजे पानीमा तैरी रहेको अवस्थामा वालिङबाट गएको मलामीले देखि उदार गर्दा मृत अवस्थामा फेला परेको हो।
उनको मुखबाट भर्खर खाएको चाउचाउ उल्टी भएको देखिन्छ।
उनको सनाखत हुन बाकी रहेको घटना स्थलमा उद्दारमा खटिएका प्रहरी जवान अर्जुन महत्राले लुम्बिनी जागरण लाई जानकारी दिएका छन्।
Facebook Comments