हिजो मात्र रामजी खाँड र संगीता पंगेनी काे स्वरमा रहेको “छैन कसम जाली म” वजारमा आएको गीतले धमाका मच्चाएको छ।
गायिका संगीता पंगेनीले आफनै युटुब च्यानल sangita pangeni मार्फत वजारमा ल्याइएको गित ले धमाका पिटने पक्का भएको छ।
स्याङ्जाली गायक तथा गायिका काे यो आवाज नीकै म्याच गरेको छ। गायक रामजी खाँड ले सयौं गीतमा आवाज दिएका छन् भने संगीताको यो दोस्रो गित हो। गायिकाले यस अघि वाचा गरेउ छिट्टै तिमि भन्ने आधुनिक गित वजारमा ल्याएकी छन्।
गायिका संगीता पंगेनीले विद्यार्थी जिवनबाट नै गीत गाउने गर्दथिन्। राष्ट्रिय मा वि वालिङ्ग र श्री पूर्णा मृत भवानी उच्च मा वि मा पतक पटक विद्यालय तथा जिल्ला स्तरीय लाेकगीत प्रतियोगिता मा पुरस्कृत भएकी थिईन्। सानै देखी साहित्य र संगीतमा रुचि भएकी उनी भने व्यवस्थापनको विद्यार्थी बनिन्। उनले शंकरदेव क्याम्पस बाट व्यवस्थापन संकायबाट स्नाकोत्तर सकेकी छिन् हाल कसमस इन्जिनियरिङ कलेज ललितपुर प्रशासनमा कार्यरत छन।
बहु प्रतिभा की धनी संगीता सानै देखी साहसी र मिजासिली स्वभाव की थिईन। उनलाई मन् नपराउने सायद कोहि छैन। आफ्नो स्पष्ट बोली र व्यवहार का कारण विद्यार्थी माझ पनि लोकप्रिय छन् । एक शिक्षित परिवारमा जन्मिएकी उनको पिता गुणाकर पंगेनी बनारसबाट अध्ययन गरी घरको पिधी, गाउँको चौपरी, हुँदै पछी विद्यालय स्थापना भएपछि करिब चालीस वर्ष अध्यापन कार्य मा लाग्नु भएको थियो भने आमा २०५४ सालको निर्वाचित नगर सदस्य थिइन्। माता पिता को सात सन्तान मा चार छोरी मध्य साहीली छोरी संगीताकाे एक दिदी शिक्षक, दाई अमेरिकामा वैज्ञानिक छन् भने बैनि स्याङ्जामा प्रतिष्ठित पत्रकार थिइन् हाल अमेरिकामा पत्रकारिता विषय मा नै अध्ययनरत छन् ।
रामजी खाँड र संगीता पंगेनीकाे धमाका
Facebook Comments