ओशो सन्यासी माँ प्रेम शारदा प्रति श्रद्दान्जली समारोह सम्पन्न

57Shares

ओशो तीर्थ ध्यान केन्द्र वालिङका ओशो सन्यासीहरुले ध्यान केन्द्रको आजिवन सदस्य माँ प्रेम शारदा ( फूल कुमारी खाँड) ले शरीर छोडेको आज पाँचौँ दिनको श्रद्धाञजली व्यक्त गरेका छन्। पर्वत जिल्लामा विक्रम सम्वत १९९२ असार ३१ मा जन्मिएकी माँ प्रेम शारदाको यही मंसिर १६ गते आफ्नै निवास वालिङ नगरपालीका -८ मा ८६ वर्षको उमेरमा स्वर्गवास भएको थियो।
‌एक उच्च राजनीतिक परिवारकी माँ शारदा ( फूल कुमारी खाँड ) को पति स्वर्गिय याम बहादुर खाँड २०१५ सालको प्रतिनिधि सभा सदस्य थिए। पाँच छोरा र एक छोरीलाई जन्म दिएकी उनको छोराहरू मध्य पहिलो सन्तान स्वर्गिय भव खाँड पनि एक लोकप्रिय समाजसेवी थिए । माँ शारदा एक छोरा दिलीप प्रताप खाँड वालिङ नगपालिकाका नगर प्रमुख हुन, नगर प्रमुख खाँड स्याङ्जाका निकै लोकप्रिय नेता हुन् साथै नेपालकै लोकप्रिय नगर प्रमुख मध्य एक मानिन्छन्। कान्छा छोरा सुरज प्रताप खाँड ओशो तीर्थ ध्यान केन्द्रका संस्थापक कोषाध्यक्ष तथा बर्तमान अध्यक्ष हुन्, उनलाई स्वामी धर्म चैतन्यको नाम बाट चिनिन्छ। स्वामी धर्म चैतन्य पनि एक लोकप्रय समाजसेवी हुन्। उनी गह्रौकालिका मन्दिरको अध्यक्ष समेत छन् । कान्छो छोरासँग बस्दै आएकी माँ शारदा छाेरा सँगै साधना गर्दै आएकी थिईन् साथै उनले सन् २००३ अप्रिलमा ओशो तपोवन का संस्थपक आचार्य स्वामी आनन्द अरुण संग सन्यास दिक्षा लिएकी थिइन्।
‌ माँ शरदाको वालिङ -९ मा रहेको उनको पुर्खौली घरमा क्रियामा बसेका उनको परिवारलाई भेट्न आउने सयौं शुभचिन्तक हरुको दिनभर भीड रहने गर्दछ। श्रदान्जली समारोहमा उपस्थित ओशो सन्यासी,प्रेमी तथा समाजसेवी र शुभचिन्तकहरूले उनको मृत्यले वालिङ नगरपालिकालाई ठूलो क्षति भएको बताएका थिए। माँ शारदाका नातिहरू मध्य दुई नाति आशिष प्रताप खाँड र दीक्षान्त प्रताप खाँड पनि वालिङ का युवा नेता हरु हुन । उनका ज्वाई शिव कुमार गिरि चापाकोट नगपालिका का नगरप्रमुख हुन।
वालिङ नगरपालिकामा २०५८ सालमा स्थापित ओशो तीर्थ ध्यान केन्द्रको २०६० माघ २६ गते बोधिसत्व स्वामी आनन्द अरुण ले उद्दघाटन गरेका थिए। ओशो तीर्थ ध्यानमा केन्द्रले वालिङका सयौं युवाहरुलाई साधनाको माध्यमबाट कुलत र तनावबाट मुक्त गरी सहिबाटो अवलम्बन गर्नमा ठूलो योगदान गरेको छ। ध्यान केन्द्रको करिब ५०० सन्यासी र हजारौ साधकले माँ प्रेम शारदा र उनको योगदानको सधैं स्मरण गर्ने स्वामी योग बलराम ( गोविन्द पंगेनी)ले लुम्बिनी जागरणलाई बताए। उनको तेह्रौँ पुण्यतिथि सम्म ओशो तीर्थ ध्यान केन्द्र आश्रममा उनको नाममा दीप प्रज्योलन गरी हरेक सन्ध्या ध्यान तथा प्रार्थना गर्ने स्वामी प्रेम चेतनले बताए।

Facebook Comments
57Shares