आठ वर्षीय बालिकाले गरिन् समाजसेवाको नमूना काम

340Shares

रवि थापा

नेपालको सन्दर्भमा १-१५ वर्षकालाई बालबालिकाको रूपमा हेरिन्छ ।कतिपय बालबालिकाहरूले यो उमेरमा राम्रो काम गर्छन त कसैले अपराध गर्छन् । त्यसैगरी अहिलेको समय र अहिलेका बालबालिकालाई हेर्दा आमाबाबुलाई दुख दिने,आफ्नो स्तर भन्दा महङ्गो कुराहरू माग जस्ता क्रियाकलापहरू गर्दछन्। तर आज निडर समाजसेवी बालिका प्रेन्सा रेग्मीको जिवनशैली फरक छ। उनको बारेमा जति लेखेपनि उनले गरेको कामको बारेमा चर्चा गर्दा कम नै होला।

म्याग्दी घर भई हाल पोखरा बस्दै आएकी आठ वर्षीय प्रेन्सा रेग्मी अहिले एक चर्चित समाजसेवीको रूपमा चिनिदै आएकी छन् । आठ वर्षको बालिका भन्दा खेल्ने,हाँस्ने उमेरको रूपमा चिनिन्छ तर उनी यो उमेरमा दुखी,पीडितको आँसु पुस्न सडकमा निक्लेकी छन्। उनीले यो कोरोना भाइरस महामारीको बेलमा पनि आफ्नो स्वास्थ्यको प्रभाव नगरी कोरोनाबाट बच्न र बचाउन मास्कको प्रयोग अनिवार्य रहेको भन्दै आफूले बचाएर राखेको पैसाले मास्क किनेर निःशुल्क वितरण गरेकी थिइन् । उनको अनुसार उनले आफ्नै पैसा र आफ्नो बुवाले दिएको पैसाबाट नै मास्क खरिद गरि बिक्री गरेकी थिइन् । त्यतिमात्र कहाँ हो र उनले “फुड बैंक ” पनि संन्ञचालनमा लिएर आएकी थिइन्,जसमा नुन तेल देखि दैनिक उपयोग हुने वस्तुहरू राखेकी थिइन्,त्यसका साथै त्यस कार्यमा “`हुनेले दिएर जाने र नहुनेले लिएर जाने” भन्ने एउटा बिशेष नारा थियो ।जुन फूड बैंकले गर्दा हजारौं गरिब जनताहरू लाभान्वित भएका थिए। त्यसैगरी उनले दशैको माहोलमा गरिब तथा पैसा नभएकाहरूलाई नयाँ कपडा वितरण गर्नको लागि कपडा बैंक खोलेकी थिइन्। जुन बैंक बाट कपडा किन्न नसक्नेको लागि नी:शुल्क कपडा समेत वितरण गरेकी थिइन् । जसबाट पनि कयौंले सेवा लिएका थिए। त्यसका साथै कोरोना भाइरसबाट आफू पनि बाच्न र अरूलाई पनि बचाउन भनेर फेस शिल्द पनि बनाएकी थिइन् । उनले भने अनुसार २५० पर्न फेस शिल्दलाई कसरी आफैंले बनाएर लगाउने भनेर भिडियो मार्फत देखाएकी थिइन् र २५० अरू कामको लागि प्रयोग गर्न लगाएकी थिइन् । उनको काम यतिमात्र होइन बढ्दो फोहोर व्यवस्थापन गर्नको लागि आफू स्वयम्ले दशै तिहारमा टिका लगाएर कमाएको पैसाले डोका खरिद गरि रङ्गरोगन गरि पोलहरूमा झुन्डाएर राखेकी छन्। अब हामीले बुझ्नुपर्ने कुरा बोेलेर ,लेखेर देश बिकास हुँदो रहेनछ ।के हामीले अहिलेसम्म समाजको हितको लागि काम गरेका रहेछौं त? आठ वर्षीय बालिकाले गरेको समाजिक कार्यले गर्दा उनी जस्तै साना साना बालबालिकाहरूका साथै हरेक नेपाली नागरिकहरूले एउटा गतिलो पाठ सिक्न जरुरी छ। बाबाआमाको हात समातेर हिड्ने बेलाकी एक बालिका प्रेन्सा रेग्मी गरिब,दुखी ,पीडितहरूको सहारा भएर हिडेकी छन्। यस्तो लोकप्रिय कामको लागि अन्तर मनबाटै सम्मान व्यक्त गर्नु पर्दछ।

Facebook Comments
340Shares