कपिलवस्तु ३२ साउन
बााणगंगा नगरपालिका धाम नै धामको नगर बनेको छ । शान्ताकुञ्ज मधुवन धाम, ओशो तथागत कम्युन ” ओशोधाम” , कैलाश आश्रम, राम दतिवन, विपश्यना केन्द्र, जलेश्वर धाम, लक्ष्मण घाट नागेश्वर मन्दिर आदि धामबाट परिचित वाणगंगा नगरपालिकाका मधुवन धाम, ओशो धाम, जलेश्वर धाम, विपश्यना केन्द्र, नागेश्वर मन्दिर वार्ड नं – ८ मा पर्दछन्।
वाणगंगा -८ लाई धाम नै धामकाे वार्डको नामवाट सुपरिचित स्थलका रुपमाा चिनाउने अभियान अन्तर्गत जलेश्वर धाममा शिवको मूर्तिको अनावरण गरिएको छ । सोमबार निमार्ण समिति जलेश्वर धामका अध्यक्ष कुलचन्द्र पराजुलीले पूजा अर्चना, वडा अध्यक्ष गुणानिधी भुषालले दिप प्रज्वलन र ओशो तथागत आश्रम ” ओशो धामका संरक्षक स्वामी ध्यान गगनले मुर्तिलाई गंगा स्नान गराई मुर्तिको प्राण प्रतिष्ठा गरीएको छ। भारतको राजस्थान बाट ल्याइएको शिव मूर्ति करिब ५ फिट उचाइ रहेको छ ।
जलेश्वर धाम सँगै मधुवन धाम, ओशो धाम, विपश्यना केन्द्र , ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय,नागेश्वर मन्दिर, वाणगंगा दुर्गा मन्दिर सहित धेरै महत्वपुर्ण र ऐतिहासिक स्थानले वडा नं ८ लाई तिर्थ र धामको पवित्र स्थलको रुपमा विकास गरिरहेको वडा अध्यक्ष भुषालले बताए। भयो । पछिल्लो समय विप्सना केन्द्रमा देशभका बिभिन्न ठाउँबाट साधनहरू आइराख्ने र ओशो तथागत आश्रम” ओशो धाम” अन्तराष्ट्रिय स्तरको कम्युनमा विकास भइरहेको अध्यक्ष भुसालले बताए ।
जलेश्वर धाममा बिभिन्न ठाउबाट आउने भक्तजनहरुको लागी धर्मशाला निमार्ण गरि भोजन र आवासको व्यवस्था सहित विकास गर्ने गरि गुरुयोजना वडा कार्यालयले तयार गर्दै गरेको अध्यक्ष भुषालले लुम्बिनी जागरण लाई बताए ।