कमल अधिकारी सिग्देल
थाहा छैन ब्रह्मा,विष्णु कुन जातका थिए ?
षडानन्द बाँच्न भनी कस्को स्तन पिए?
बुद्धत्व पाउन भनी बोधी मुनि बस्दा
सुजाताले दिएको खिरले पेट सज्दा
खोजिएन जात भात घण्टी हरु बज्दा।।
पूर्व गई आऊ तिमी हुम्ला जुम्ला सम्म
फेरि पनि बुद्ध रोए बादल लाग्छ डम्म।।
एउटा सुन्दर माला चुँडे हामी सबै चुँडने छौँ
बिज्ञान को भाका संगै गगनमा उडने छौँ ।।
भाईचारालाई हेर्याैँ भने विश्व हुन्छ सुन्दर
अशान्तिको बिज देखे निभाउनु है त्यो घर
अशान्तिको बिज ठूलो तहस नहस पार्न
शान्ती लाई बचाई राखुँ मनको बादल झार्न।।
ज्ञान,विवेक पुर्याएमा रथ बनी गुड्ने छौं
प्रतिगमन हेर्याैँ भनेँ चङ्गा सरि चुड्ने छौँ ।।
कलहले बास गर्यो भाइचारा नै छैन
मुकदर्शक नबनु न अजम्वरी होइन।।
कोही छैन अछुत यहाँ नजाउ परपर
हामी सबै नेपाली हौं नेपाल हाम्रो घर
सय थरी फूल गाँसी एउटै माला बनाउँ
नेपालका हामी सबै एउटै घरमा रमाउँ।।
वालिङ्ग