मेथी — ७० देखि १०० रोगको सहज उपचार .

0Shares

तपाई हाम्रो घरको भान्छामा सयौँ औषधि उपलब्ध छन्। त्यसमध्ये मेथी धेरै रोगको लागि अचुक औषधि प्रमाणित भएको छ । 

करिब ७० देखि १०० बिमारीको घरेलु उपचार गर्न सकिन्छ मेथीबाट, जुन आफ्नै घरको भान्छामा उपलब्ध छ।

मेथीबाट धेरै रोग  निको हुने कुरा बैधनाथ अरुण रेग्मी बताउनु हुन्छ।  उच्चरक्त चाप, मधुमेह (सुगर) मस्तिष्क घात, हार्ट ब्लक (मुटुको नसा रोकिएको ) सहित टाउको दुखेको, खुट्टा दुखेको, घुडा दुखेको, जोर्नी दुखेको, कमर दुखेको, आँखा दुखेको, कान दुखेको आदि धेरै रोगको लागि मेथी अचुक औषधि  हो।  बाथ तथा कफका बिरामीहरुलाई मेथी अमृत समान मानिन्छ। घरमा हरेक खाना बनाउँदा र  तरकारी अचार चट्नी आदिमा मेथी मिलाउने गरिन्छ, यो स्वाद भन्दा पनि  औषधिको लागि प्रयोग गरिएको हो ।  तर यसको विशेष सेवन बिधिले धेरै फाइदा गर्दछ।  राति सुत्नु अघि आधा चम्चा मेथीलाई अलिकति  पानीमा भिजाएर राख्ने र बिहान उठ्ने बित्तिकै खाली पेटमा चपाएर सेवन गर्ने गर्नाले धेरै रोगको समस्या न्यूनीकरण हुन्छ वा रोग लाग्नबाट बच्न सकिन्छ।  मेथीको सागलाई पनि तरकारी एवं सलादको रुपमा प्रयोग गर्न सकिन्छ साथै खाली पेटमा चबाउनाले पनि धेरै फाइदा हुन्छ। साथै मेथीको धुलो बनाएर कपालमा लगाउने हो भने कपाल मुलायम हुन्छ। मेथीको धुलोलाई लेप बनाएर मुखमा लगाउनाले अनुहार सफा हुनको साथै अनुहारमा चमक आउँछ।  आजभोलि युवामाझ मेथी निकै लोकप्रिय बनेको छ। 

Facebook Comments
0Shares