निर्वाण प्राप्त परिसकेपछि बुद्द सात दिनसम्म मौन बस्नुभयो । देवताहरू चिन्तित हुँदै आग्रह गरे, मनुस्यको कल्याणको लागि तपाइले बोल्नैपर्छ । बुद्धको तर्क थियो, जुन सत्य मैले देखें त्यसलाई शब्दमा राखन सकिदैन र राखने प्रयास गरें भने पनि त्यसलाई मानिसले बुझ्दैनन । जसलाई बोधिको अभिप्सा छ तिनीहरुले आफ्नो बाटो जसरी भए पनि खोजीहाल्छन । देवताहरुले बुद्धलाइ तर्क दिए, यस्तो एक बर्ग पनि छ जसलाई कसैले प्रेरणा दियो भने उनिहरु सत्यको बाटोमा लाग्नेछन् नत्र संसारमै हराइरहनेछन् । यो तर्क पछि बुद्ध बोल्न मान्नुभयो ।
दलाइ लामासहित बौद्द जगत् का अधिकान्श व्यक्ति
नागार्जुनलाई आफ्नो आदिगुरु मान्छन् ।
भनिन्छ, बुद्धद्वारा प्रतिपादित अनित्यताको सिद्दान्त, मध्यम मार्गको विशिष्टता, शुन्यताको दर्शन बुद्ध गएपछि चार सय वर्षसम्म पनि कसैले पुर्णरुपले बुझन र बुझाउन सकेको थिएन । पहिलोपटक नागार्जुनले त्यसको गहन अध्ययन, चिन्तन र् विश्लेषण गरे नागर्जुनद्वारा लिखित महामध्यकारिका बुद्ध दर्शनको सबभन्दा महत्वपुर्ण व्याख्या मानिन्छ । नागर्जुन एक महान् दार्शनिक्, बुद्धधर्मका सर्वश्रेष्ठ व्याख्याता, महायान शाखाका संस्थापक र उचबपजथबबतब नालन्दा विश्वविधालयका प्रेरणा पुरुष हुन् । दलाइ लामासहित बौद्द जगत् का अधिकान्श व्यक्ति नागार्जुनलाई आफ्नो आदिगुरु मान्छन् । ‘काठमाडौंको नागर्जुन डाँडा उनको साधना र सम्बोधिस्थल भए पनि नेपालमा नागार्जुनको बरेमा न्युनतम जानकारी पनि भेटिदैन ।
बौद्ध साहित्यमा पनि नागार्जुनबारेमा प्रामाणिक र ऐतिहासिक तथ्यहरु भेटाउन गार्हो छ । जे उपलब्ध छ्न्, ती पनि विवादास्पत छन् । जस्तै, उनी उनी ६ सय बर्ष बांचेका, “विभिन्न लोकमा आकाशमार्गबाट गमन गर्ने इत्यादि । विश्वकै एक सर्बाष्रेष्ठ् बौद्दिक प्रातिभालाई अत्यन्तै अपत्यारिलो पारामा एक चमत्कारी जादुगरका रुपमा चित्रित गरिएकाले उनको जीवनका तथ्यसत्यहरु इतिहासको गर्भबाट खोज्न अति कठिन छ ।
उपलब्ध तथ्यहरूलाई केलाउंदा थाहा हुन्छ कि नागार्जुनको जन्म दक्षिण भारतको एक धनाढ्य् ब्राह्मण् परिवारमा एकमात्र सन्तानका रुपमा इस्वी सम्वत् को प्रारम्भमा भएको थियो । जन्मेलगत्तै ज्योतीषिहरुले उनी ७ दिन मात्र बाँच्ने बताएका थिए तर दान, पुजा र प्रार्थना गरिएका बालक साात वर्षसम्म बाचँन सक्ने बताएपछि सोहीअनुरुप गरियो र उनले ७ दिनको खड्को काटे तर ७ बर्ष भन्दा बढी आयु कुनै हालतमा लम्ब्याउन नसक्ने कुरामा सबै ज्योतीषिहरु एक मत भए । बालक आफ्नो आँखा अगाडि मरेको हेर्न नपरोस् र म्रित्यु तीर्थमै होस् भनि आफन्तका साथ लगाएर आमाबाबुले तीर्थाटन् गर्न पठाए । सोही क्रममा उनि प्रतिष्ठित बुद्धक्षेत्र नालन्दा आइपुगे । त्यसबेला नालन्दा बुद्धबिहारका प्रमुख प्रसिद्द बौद्द तान्त्रिक बुद्दिज्मको सशक्त धारा निस्किएको थियो जसमा पछि तिलोपा, नरोपा, मार्पा, मिलारेपा आदि प्रसिद्द गुरुहरु भए ।
नागार्जुनको स्मरण शक्ति अलौकिक थियो । उनको विलक्षण प्रतिभा देखि सरहा अत्यन्त प्रभावित भए र उनीबारे सम्पुर्ण जानकारी लिए । सराहाले बताए, “प्रवज्या पनि सांसारिक मृत्यु नै भएकाले नागार्जुनले प्रवज्या लिएमा शारीरिक मृत्यु टल्न सक्नेछ । ” उनले अमिताभ बुद्धको पुजा र धरणी मंत्रको पाठ गर्न निर्देशन दिए । यसरी ती बालक नागार्जुन दिक्षा लिई भिक्षु श्रीमन्त भए । धर्मको रहस्यमय र गुप्त विधाहरुको शिक्षण लिई नागार्जुन थोरै समयमा तन्त्र, योग र रसायनका सिद्दहस्त योगी भए ।
नालन्दामा एकपटक ठुलो अनिकाल पर्यो धेरै मान्छेको मृत्यु भयो। भिक्षुहरुले पनि भिक्षाटनमा केही नपाएपछि गुरुले नागार्जुनलाई आफ्नो अलौकिक शक्तिको प्रयोग गरेर भए पनि भिक्षुसंघलाई बचाउने आदेश दिए । नागार्जुन गोप्य रसायन शास्त्रका ज्ञाता थिए । भनिन्छ, उनलाई फलामलाई सून बनाउने अल्केमी विज्ञान थाहा थियो । यसैको प्रयोगद्वारा उनले चाहिने मात्रामा सून बनाई बनाईदिए बनाई बनाई १२ वर्षसम्म संघको खर्च धाने । कालान्तरमा नागार्जुन नालन्दा बुद्धविहारका प्रमुख बने । बुद्धविहारमा पुर्ण अनुशासनमा र नियमित साधाना नगर्नेहरुलाई उनले विहारबाट एकएक गरेर निकाले । यसरी निस्कासित उपद्रवीहरुको संख्या ८ हजारसम्म पुगेको बुद्धशास्त्रमा उल्लेख छ ।
बोधगया त्यसबखत बुद्धशिक्षाको केन्द्र थियो । नागार्जुनले बोधगयामा बुद्धविहारको संरक्षण गरी अनेक चैत्य बनाए । बोधिवृक्षलाई जंगली हात्तीहरुले क्षति पुर्याइरहन्थे । त्यसबाट बचाउन उनले बनाएको ढुङेस्तम्भसहितको पर्खालको अवशेष अहिलेसम्म पनि देखन् सकिन्छ । उनले बोधगयाबाट आचार्यहरुलाई ल्याइ नालन्दालाई बुद्ध् शिक्षणको प्रमुख केन्द्रको रुपमा विकसित गरे, जुन पछि नालन्दा विश्वविधालयका रुपमा विश्वविख्यात हुन गयो ।
कथा छ, बुद्धले दिएका प्रज्ञापारमिताका सुत्रको अर्थ सो बेलामा कसैले पनि बुझने नदेखेकाले बुद्धभिक्षु आनन्दले भविष्यका लागि सुरक्षित राखन नागलोकका राजालाई दिएका थिए । नागार्जुनलाई बुद्धपछिका बुद्ध भनिन्छ र उनका प्रवचनहरु सुन्न पनि अनेकानेक लोकका बासिन्दा आउथे । उनका प्रवचन श्रीखण्डको सुगन्धले नागलोकका दुई राजकुमार आउँथे । एकपटक आचार्यले तिनीहरुलाई सूगन्धको कारण सोधे । उनीहरुले आफुहरु नागलोकको राजकुमार भएको र बाहिरको प्रभावबाट बचन् श्रीखन्डको लेप लगाउने कुरा बताए । उनीहरुले आफनो देशमा श्रीखन्ड प्रचुर मात्रामा पाइने जानकारी गराए । नागार्जुनले आफ्नो आहारविहार निर्माणका लागि उनीहरुसँग् श्रीखण्डको काठ दिन आग्रह गरे । राजकुमारहरुले आचार्यलाई उनिहरुको क्षेत्रमा आई धर्म प्रचार गर्न र जति चाहिने श्रीखण्ड लिन आग्रह गरे । यसरी नागार्जुन नागलोक गए । त्यहा उनको अत्यन्त स्वागतसत्कार भयो। नागराजले त्यँहा प्रज्ञापारमिता सुत्रहरु आफ्ना पूर्वजहरुलाई भिक्षु आनन्दले सुरक्षित राखन दिएको बताए । बुद्धजगतमा व्यापक खोजी भईरहेका ती सुत्रहरु पाएर नागार्जुन कृतकृत्य भए । श्रीखण्डको वनका लागि प्रख्यात कर्नाटक राज्यको कुनै भाग नै नागलोक हुने अनुमान गर्न सकिन्छ । अहिलेपनि नागस्वामी नागराजन त्यँहाका मानिसको नाम हुने, नागर्जुन सागर बाँध र नागार्जुनसंग सम्बन्धित अनेक कथाहरु त्यस क्षेत्रमा व्याप्त भएको र बुद्धसाहित्यमा पनि प्रज्ञापारमिता सुत्रहरु दक्षिण भारतबाट आएको उल्लेख भएकाले हाम्रो उपर्युक्त अनुमान तर्कसंगत देखिन्छ । नागहरुले आचार्यलाई आफ्नो गुरु मानी नाग नामले सम्मानित गरेकोमा । बुद्धको सन्देश फैलाउन अर्जुनको जस्तो तेजले परिपुर्ण भएका भिक्षु श्रीमन्तको नाम त्यसपछि नागर्जुन हुनगयो ।
(यो लेख ओशो तपोबनका संस्थापक आचार्य बोधिसत्व स्वामी आनन्द अरुणको सन्त दर्शन पुस्तक बाट सभार गरिेको हो साथै पुरा पुस्तक अध्ययनको लागि नेपालका विभिन्न ओशो केन्द्र तथा पुस्तक पसलमा उपलब्ध छ )