देशवासीको नाममा सम्बोधन गर्दै ओली

0Shares

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार एक बजेका लागि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश  दिएको थियो ।

Facebook Comments
0Shares