पाेखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले यस्ताे जघन्य अपराध गरेकाे उजुरी कास्की प्रहरीमा दिएका छन् ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई कास्की प्रहरीले हिजाेआईतबार राति पक्राउ गरेकाे छ ।
घटना भदाै ११ गतेकाे हाे । बलात्कारकाे घटना बालिकाकाे घर परिवारका सदस्यलाई थाहा भएकाे सुइकाे पाएपछि अभियुक्त फरार थिए ।
त्यसैले कास्की प्रहरीले घटना गुपचुप राखेर उनकाे खाेजी गरिराखेकाे थियाे ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई हिजाे स्याङ्जाबाट गिरफ्तार गरेर राती नै पाेखरा ल्याएकाे छ ।
समाधान बाट https://samadhannews.com/news/2020/08/31/22461/
Facebook Comments