ग्राहकलाई खुसीको खवर : एक – अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने

2Shares

एक बैंकको एटिएम कार्ड प्रयोग गरी अन्य बैंकको यटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ।
केन्द्रिय बैंकले आइतबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७७ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको छ।

विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन । यसअघि स्वदेशको कारोबारमा लाग्दै आएको सेवाको शुल्क समेत बैंक तथा वित्तीय संस्था आफैंले निर्धारण गर्दै आएका थिए । केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए । 

यसअघि लकडाउनको समयमा बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिएपनि लकडाउन खुलेसँगै अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए। अब भने बैंक तथा वित्तीय संस्थाहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहबाट कुनै शुल्क लिन नपाउने भएका छन्।

Facebook Comments
2Shares