भदौ १५ गते, सोमबार सुनको मूल्य पुन : बढेको छ । आइतबार वृद्धि भएको सुनको मूल्यले आज पनि तोलामा ३०० रुपैयाँले वृद्धि भई निरन्तरता पाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ०क हजार ३६५ रुपैयाँ तोकिएको छ ।
हाल देशभर जसो जारी गरिएको निषेधाज्ञाका कारण सुन चाँदी व्यवसाय ठप्प भएतापनि मूल्य भने निर्धारण गरिएको छ । यद्यपी व्यवसायीहरु भने कागजमा मात्र मूल्य तथा व्यापार सिमित भएको बताउँछन् ।
अन्तराष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार कारोबार बन्द भएतापनि सोमबार सुनको मूल्य बढेको देखिन्छ । यस दिन सुन प्रति अउन्स एक हजार ९६९ डलर पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढिरहेका बेला नेपाली बजारमा पनि यसको प्रभाव पर्ने गरेको छ । फलस्वरुप सुनचाँदीको मूल्यमा अस्थिरता कायम रहेको छ ।
merolagani.com बाट साभार