अर्थमन्त्री डा. खतिवडा बारेमा २० गतेसम्म पर्खनुहाेस् : प्रधानमन्त्री

1Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाकाे पदावधिकाे बारेमा केही दिन पर्खन आग्रह गरेका छन् । पत्रकार ऋषि धमलासँगकाे अन्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले  अर्थमन्त्री खतिवडाकाे बारेमा २० गतेसम्म पर्खन अनुराेध गरेका हुन।

प्रधानमन्त्रीले अर्थमन्त्रीकाे बारेमा भने, युवराज खतिवडाले राम्रै गरिरहेकाे जस्ताे लागे एउटा कुरा हाे । उनीभन्दा अर्का अझ राम्राे काम गर्न सक्ने भए त्याे अर्काे कुरा हाे  भनेर कुटनीतिक जवाफ दिए ।तर काेही बेला बिशेष परिस्थितिले पनि काम गर्न सक्ने भन्दै अर्थमन्त्रीकाे राजीनामाकै संकेत  दिए।
अर्थमन्त्री प्रति धेरैकाे आलाेचना छ नि भन्ने पत्रकार धमलाकाे प्रश्नकाे प्रधानमन्त्रीले ठाडै इन्कार गरे । उनले भने, आलाेचनामुक्त काेही छैन । कसैले राम्राे काम गर्दा अर्काेलाइ चित्त बुझ्दैन, तंपाइकै कार्यक्रमकाे पनि त आलाेचना त हुन्छ नि । उनले प्रतिप्रश्न गरे ।

merolagani.com बाट साभार

Facebook Comments
1Shares