गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या २०७ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । निधन हुने मध्ये तीन जना महिला र नाै जना पुरूषहरू रहेका छन् ।
कोरोना संक्रमित भई ज्यान गुमाउनेहरु काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । काठमाडौंका ५१ वर्षिय महिला र ८३ वर्षका वृद्ध ,ललितपुरका ७२ वर्षिय एक वृद्ध र ६१ वर्षिय पुरूष तथा भक्तपुरका ६२ वर्षकी एक महिला र ८२ वर्षका वृद्ध हुन् ।
यस्तै पाल्पाकी ३० वर्षकी एक महिला तथा पर्साका ४८ र ४९ वर्षका दुई पुरुषहरूको पनि संक्रमणका कारण निधन भएको छ । निधन हुने अर्का संक्रमितहरु सिराहा ८४ वर्षिय वृद्ध तथा गोरखाका ३८ वर्ष र कास्कीका ५८ वर्षका पुरुषहरु रहेका छन् ।
merolagani.com बाट साभार