१२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा मोरङमा २ जना छन् भने मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जमजुङ र रुपन्देहीमा एकएक जना छन्
।
मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।
यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
Facebook Comments