विवेकशील साझाका पार्टीका अधयक्षसमेत रहेका नेता रवीन्द्र मिश्रले प्रधानमन्त्रीलाई किसानको माग पुरा गरेर समाजवादको लाज छोपन आग्रह गरेका छन्। उनले ट्विट गर्दै प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएका हुन्।
अध्यक्ष मिश्रले साझा पार्टीको नाममा गरेको ट्वीट मा काठमाण्डौमा भइरहेको उखु किसानहरूको आन्दोलनबारे तपाई पक्कै जानकार हुनुपर्ने भनेका छन्। किसानहरूको माग तत्काल पूरा गर्न के ले रोक्छ? भनी प्रश्न गरेका छन्, यो त अती भयो ।
सर्लाहीका उखु किसानहरू यतिबेला काठमाडौंमा आन्दोलन थालेका छन्।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उखु किसानको अनुसार सरकारले मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा केही पाइला नचालेको उनीहरू बताउँछन् । त्यतिमात्र नभई तिहार अघि उद्योग मन्त्री सँग आफ्नो माग राखेको तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।
चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि तयार भएको किसानहरु बताउँछन् ।
Facebook Comments