एक वर्ष बितिसक्दा पनि पूरा भएन उखु किसानहरूको माग

68Shares

नेपाल कृषि प्रधान देश भनेर जतिसुकै भाषण गरे पनि ,अझै पनि किसानहरूले मिहिनेत गरेको फल पाउन धौधौ भएको छ।

त्यसैगरी सर्लाहीका उखु किसानहरू यतिबेला काठमाडौंमा आन्दोलन थालेका छन्।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उखु किसानको अनुसार सरकारले मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा केही पाइला नचालेको उनीहरू बताउँछन् । त्यतिमात्र नभई तिहार अघि उद्योग मन्त्री सँग आफ्नो माग राखेको तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।

चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि तयार भएको किसानहरु बताउँछन् ।

Facebook Comments
68Shares