रजिष्मा केसी/नयाँ दिल्ली
मुग्लान के हो ? यो कहाँ पर्छ ? पहिला त यो खुल्दुली मेटाँउ अनि प्रसंग तिर लैजानेछु। ‘मुग्लान’भनेको तत्कालिन मुगलहरुले आफ्नो अधिपत्य कायम गरेको भारतको केहि भूमि हो। मुगलहरुले करिव,करिव आधा भारतमा आफ्नो साम्राज्य बिस्तार गरेका थिए। त्यो बेला बाटै मुगलहरुको राज्यमा जाने कामगर्न जानेहरुलाई ‘मुग्लानी’भन्न थालियो तर पछि मुग्लानी शब्द नेपाली जनजिब्रोमा यसरी झुण्डियो समग्र भारत मात्र नभएर अरव देखि अमेरिका सम्म जाने सबै मुग्लानी भए। अव ‘मुग्लान’ शब्द बिछोड,रहर,पैसा,बाध्यता र मायाप्रेमको परिभाषा बनेको छ।
गीतकारले यहाँ ‘मुग्लान’ किन जोडे त ? यहाँ बिषय बस्तु नै बाध्यता,रहर,पैसा अनि मायाप्रेम बिच रोमल्लिएको ‘मुग्लानी’को कथा र व्यथामा आधारित छ। त्यसो त प्रख्यात बाँसुरी बादक रत्न बिक र गायिका कमला बिसीको जोडी आफैमा अब्बल र उदाहरणीय छ।उनको जोडी देखेर प्रशंसा गर्ने र डाहा गर्ने को अलग्गै जमात छ। यो जोडीले हिजो मात्रै बजारमा ल्याएको ‘मुग्लान पारी’ नामक दशै गितले सो जोडीको थप चर्चा हुने निश्चित छ। गीतकार आफै पनि ‘मुग्लान’मै भएको कारणले ‘मुग्लानपारी’ को दर्शक रिभ्यु लाई यसरी समेट्न सकिन्छ।
हाम्रो देशको शायदेे कुनै घर होला जस्को कुनै न कुनै सदस्य कुनै न कुनै कारणले मुग्लान पसेको नहोस। भनाई छ कि मुग्लान पस्दा पालेका रहरहरु ,भोगेका पिडाका चाङ्गहरु फुकाउन हजार जिब्रो भएको शेषनागले पनि सक्दैनन। झट्ट सुनिदा सबै रहरहरु बुझिने र सबै पिडाहरु समेटिने गरि ‘मुग्लान पारी’ बनेको दर्शकको मायाले पनि साबित गरेको छ।
‘गरिबीले होनी आमा म प्रदेशी भाको,जति दुख गरेपनि छैन तलब आको’,म आउन पाईन आमा…म आउन पाईन..दशैं र तिहारमा…’ गित मर्मस्पर्सी छ। गितले केवल आमालाई मात्र हैन श्रीमति,छोराछोरी,बहिनी लगाएत सबै पक्षलाई समेटेको र छोएको छ। ‘न्याउली चरी गाँउछ होला बिरहको भाका,मेरै बाटो हेर्दा हेर्दै थाके होलान आँखा,ढाँट्यो दाई भन्छ्यौ होला पाईएन एक हुन,यो तिहारमा मेरा बैनी मखमली नबुन,म आउन पाईन बैनी,म आउन पाईन….अहिलेको तिहारमा।
रत्न बिक कै स्वर रहेको र कमला बिसीको संगित रहेको यो दशै गितलाई हुम गैह्रेले लय दिएका छन।करन चैसिरको भिडियो मेकिङ्गमा रश्मी शाह,अञ्जली अधिकारी,रत्न बिक,टिका सानु,बसन्त बर्मा,खगेन्द्र बिश्वकर्मा र भुवन चौलागाईको उत्कृष्ट अभिनय रहेको छ। बालकलाकारको रुपमा राशिका सिंह ,ऋदम गन्दर्भ,पुजा खड्का,प्रशंन्न पाठक,अशिम महर्जन र सक्कम तामाङ्गको अभिनय मा हुम गैह्रेको निर्दैसन कौसलता देखिन्छ।
‘मालिका डिजिटल ले बजारमा ल्याएको यो कर्णप्रिय गितको दृष्य निर्माण बिशाल मुभिजले गरेको छ।यो रिभ्यु तयार पारुन्जेल गितले दुइ दिनमै तिस हजार भ्युज पाईसकेको छ। समग्रमा सबै पक्षलाई समेटेको गितले मुग्लानी मनलाई जित्ने पक्का छ।’पारिवारिक भिडियो बनेको छ,सबैले माया गरिदिनुहोला’गायिका कमला बिसीले टेलिफोन बार्तामा भनिन।
समयसापेक्ष बनाउनको लागि कोरोनाको कहरबाट मुग्लानीमा पारेको प्रभाव थप्न भनें निर्माणपक्ष चुकेको छ। समग्रमा गित मर्मस्पर्शी र कर्णप्रिय बनेको छ।’चरा खस्ने तातो घामले निसासिन्छु जैले,आमा तिम्रो मुख देख्न पाउने होला कैले,रहर हैन बाध्यताले आएँ मुग्लान पारि,कहिले होला फर्काउने बन्दकी को बारि,म आउन पाईन आमा…..’आमा संगको यो पत्र रोदन ले नेपाली बाध्यतालाई चित्रण गरिएको छ। बोल माया फेम अञ्जली अधिकारी र टिका सानुको अभिनयले यो भिडियो हेर्दा दर्शकहरुलाई निरास बनाउदैन। रत्न बिक र कमला बिसी को जोडीको मेहनत यो भिडियोमा देखिएको छ। देश नै सुनसान बनाईदिने यो ‘मुग्लान’ अनि रहर र बाध्यता बिच पिल्सिएको यो ‘मुग्लानी’लाई ‘मुग्लानपारी’ले सचित्र बर्णन गरिदिएको दर्शक रिभ्यु मा देख्न सकिन्छ।
युट्युवमा अधिकांश दर्शकहरुले पनि भिडियो ‘राम्रो’बनेको प्रतिकृया दिएका छन। ‘म अभिनय भन्दा पनि दोहोरीमा बढि चिनिन्छु तर गितको कर्णप्रिय आवाजले बहिनी बनेर अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्यो अनि कोषिश गरेकी छु’ गायिका टिका सानुले भनिन। ‘मुग्लान पारि’ ले मन मात्र जित्दैन ब्यवसायिक रुपमा पनि सफल बन्नेछ कमसेकम दर्शक रिभ्युबाट यहि आंकलन गर्न सकिन्छ।