लकडाउनको समयमा पनि ओशो तपोवन घर घरमा पुगेको छ।
विगत चैत्र ११ गते देखि गरिएको लकडाउनले गर्दा घरमा थुनिएर बसेका व्यक्तिहरुमा ठूलो समस्या आएको छ। लकडाउनले गर्दा व्यक्तिहरुको आर्थिक व्यवस्थापनमा ठूलो असर पर्नुका साथै एक्लोपन र मानसिक समस्याबाट गुज्रिरहेका नेपाल, भारत लगायत विश्वभरिका मानव समुदायमा अनलाइनको माध्यमबाट ओशो तपोवन घरमै पुगेको छ।
नेपालले बुद्ध पुर्णिमालाई विश्व ध्यान दिवसको लागि संयुक्त राष्ट्र संघमा प्रस्ताव दर्ता गराउनु पर्ने र नेपाललाई ध्यानको राजधानी बनाउनु पर्ने बताउदै आएका तपोवनका संस्थापक आचार्य बोधिसत्त्व स्वामी आनन्द अरुणले ओशो तपोवन सहित नेपालमा करिब १०० ओशो कम्युन तथा ध्यानकेन्द्रहरु र नेपाल बाहिर १२५ कम्युन र ध्यानकेन्द्रहरुको मार्गदर्शन तथा संचालन गरिरहेका छन्।
नेपालमा करिब एकलाख र पचास हजार नेपाल बाहिर गरी एकलाख पचास भन्दा धेरै साधकहरु ओशो तपोवनका संस्थापक आचार्य बोधिसत्त्व स्वामी आनन्द अरुणसंग दीक्षा लिएर साधना गर्छन् भने हरेक वर्ष विश्वका ८० देशबाट ओशो तपोवनमा साधना गर्न आउने गर्छन्।
लकडाउनमा घरमै थुनिएपछि तपोवन आउन नपाएका साधकहरुको अनुरोधमा बोधिसत्त्व स्वामी आनन्द अरुणले आफ्नो फेसबुक र युट्युबबाट सत्संग र प्रश्न-उत्तर कार्यक्रम गरिरहेकोमा विगत केही महिनादेखि जुम अनलाइनबाट ध्यानको कार्यकमहरु संचालन गर्दै आइरहेका छन्। स्वामी आनन्द अरुणको उपस्थितिमा जूमबाट हरेक महिना एकदिन अग्रेजी,एकदिन हिन्दी,एकदिन रसियन भाषामा ध्यान तथा सत्संग कार्यक्रम र हरेक हप्ता मेघा टिभी अन्य यफ.एम.हरुमा नेपाली भाषाको “सत्संग “,नामक टिभी अन्तर्वार्ता आउने गर्छ साथै तपोवानले जूम मार्फत नै हरेक महिना महिना तीनदिन तथा सातदिनका ध्यान शिविरहरु संचालन गर्ने गर्छ।
नेपालमा मात्र लकडाउनको समस्यामा कोरना लागेर मर्नेको संख्या करिब चारसय छ भने आत्माहत्या गर्नेको संख्या करिब तिन हजार पुग्न लागेको छ। यस्तो विषम परिस्थितिमा ओशो तपोवनले संचालन गरको ध्यान तथा योगका कार्यक्रमले मानव जीवनमा ठूलो राहत मिलेको कुरा बुटवलबाट जुम अनलाइन ध्यानमा सहभागी सन्तोष खनालले लुम्बिनी जागरण लाई वताए।
हिजोमात्र सातदिनको विपासना ध्यान शिविरको समापन गरेका स्वामी आनन्द अरुणले आज विज्ञान भैरव तन्त्रको पाँचदिनको साधना शिविर शुरु गरेका छन्। उक्त शिविर हरेक सन्ध्या साझ ७:१५ देखि ९:१५ सम्म चल्ने छ भने अक्टुबर महिना भरि विभिन्न ध्यानका कार्यक्रमहरु तय भएका छन्। ध्यान कार्यक्रमको उद्घाटनमा स्वामी आनन्द अरुणले साधकहरुलाई भने, “कोरोनाको कारणले तपोवन आउन
नसके पनि अनलाइनको माध्यमबाट हामी तपाइहरूको घरमा आइपुग्छौं।”
अहिलेको जटिल परिस्थितिमा आइपरेको संकट, दिनभरको कामको तनाव, आर्थिकमन्दी, र त्रासको स्थितिमा स्वामी आनन्द अरुणज्यूको यस प्रयासले मरुभूमिमा नदी भेटिए जस्तो भएको छ, एभरेस्ट बैंक महेन्द्रनगर शाखा प्रमुख शंकर घिमिरेले बताए। हरेक साझँ बिहानको कार्यक्रममा
सहभागी हुन पाउँदा दिनभरको कामको थकानबाट मुक्त हुने शाखा प्रमुख घिमिरेले भने साथै हरेकलाई मिलेसम्म सहभागी भई अनुभव लिन पनि उनले सबैलाई अनुरोध गरेका छन।
सरकारले ओशो तपोवनजस्ता राष्ट्रिय गौरव बोकेका आश्रम तथा ध्यान केन्द्रहरुको पहिचान गरी सहयोगको हात बढाएमा “सुखी नेपाली खुसी” नेपालीको सपना चाडै पुरा हुने थियो।
Facebook Comments