भारतका प्रसिद्ध गायक एसपी बालासुब्रमण्यम (श्रीपति पंडितराध्युला बालासुब्रमण्यम) को चेन्नईको एम.जी. एम. हस्पिटलमा आज मृत्यु भएको छ।
एसपी बालासुब्रमण्यमको जन्म सन् १९४६ जुन ०४ मा दक्षिण भारतको आंध्र प्रदेशको नेल्लोर को मूलपेट भन्ने ठाउँमा भएको थियो। उनी भारतका प्रसिद्ध गायक,संगीतकार एबम संगीत निर्देशक थिए। उनको सुरिलो आवाजमा एक जादु थियो।
आफ्नो जिवनकालमा करिब चालिस हजार गित रेकर्ड गराएका उनको गिनिज रेकर्ड बनाएका छन्। इञ्जिनिअर बन्ने सपना देखेका उनको अध्ययनको दौरान सिकिस्त बिमारी परि बिचमै अध्ययन छाड्नु परेको थियो। संगीतमा रुचि भएका उनले सन् १९६४ मा ‘एम्चयोर’ गायकको एक ‘प्रतिस्पर्धा’ मा पहिलो पुरस्कार मिलेको थियो भने सन् १९६६ मा बीस वर्षको उमेरमा पहिलो गित रेकर्ड गरेर आफ्नो संगातिक जिवनको सुरुवात गरेका थिए।
भारतको ५ भाषामा गित गाएका उनले सन् १९८१ मा बिहान ९:०० बजे देखि साझ ९:०० सम्म २१ गित रेकर्ड गराएका थिए भने एक दिनमा १९ तामिल र १६ हिन्दी गित रेकर्ड गरेका थिए।
बलिउड फिल्म ‘मैंने प्यार किया’ को ‘दिल दीवाना बिन सजना के माने ना’ गित गाएर उनलाई बेस्ट मेल प्ले बैक सिंगर को अवार्ड पाएका थिए। लता मंगेश्कर संग ‘दीदी तेरा देवर दीवाना’ गितबाट उनलाई फिल्म फेयर स्पेशल अवॉर्ड बाट सम्मान गरिएको थियो। उनलाई सर्वश्रेष्ठ पार्श्वगायकको रुपमा छ पटक राष्ट्रीय फिल्म पुरस्कारबाट सम्मान गरिएको थियो। उनलाई पच्चीस पटक सम्म आन्ध्रा प्रदेश सरकार द्वारा तेलगू सिनेमामा नन्दी पुरस्कारले सम्मान गरिएको थियो। नन्दी पुरस्कार आन्ध्रा प्रदेश सरकारको सबै भन्दा ठुलो पुरस्कार हो।
यो पनि पढ्नुहोस
लकडाउनको समयमा पनि घर-घरमा पुग्यो तपोवन, तनाव रहित बनाउन ठूलो योगदान
Facebook Comments