हिन्दु – मिस्लिम समुदायबीच तनाव बढ्यो, कर्फु जारी

0Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

मलंगवा-३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।

डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए। हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि प्रशासनले कर्फ्यू लगाएको हो।

प्रशासनका अनुसार शनिबार बिहानै दुवै समुदाय निस्केपछि तनाव झनै बढेको थियो। दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।

Facebook Comments
0Shares