कोरोना संक्रमण पुष्टि हुनेको संख्या २०२०, ८ जनाको मृत्यु

0Shares

पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ र संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा काठमाडौं र धनुषाका २/२ जना, भक्तपुर, सर्लाही, नवलपरासी र मोरङका १/१ छन् । देशभरका अस्पतालमा गरी ३६ जना भेन्टिलेटरमा छन् भने १७३ जनाको आईसीयूमा उपचाररत छन् । सबैभन्दा धेरै बाग्मतीमा १२६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन् ।

देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गर्दा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

Facebook Comments
0Shares