वालिङलाई जनस्वास्थ्य विपद घोषणा

6Shares

विश्व महामारीकाे रुप लिएको कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएकोले वालिङ्ग नगरपालिका लाई जनस्वास्थ्य विपद् घोषणा गरिएको छ।

तिब्र रुपमा फैलिदै गएको कोरोनाकाे रोकथामको लागी वालिङ नगरपालिका कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरकाे बैठक बसी २०७८-०१-१८ गते राती १२:०० बजे देखि २०७८-०१-२५ गते राती १२:०० सम्मका लागि  जनस्वास्थ्य विपद् घोषणा गरेको हो। सो अवधिमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु नगर्न नगराउन अनुराेध गरेकाे छ।

बैंक तथा वित्तिय संस्थाहरुले एटीएम बाहेकका अन्य सबै सेवाहरु बन्द गर्न, खाद्यान्न, डेरी, तरकारी, औषधी, पोल्ट्रिफर्म, तथा अन्य अत्यावश्यक सेवाहरु बिहान ७:००-९:०० बजे सम्म र साँझ ५:०० देखि ७:०० बजेसम्म सञ्चालन गर्नु पर्ने छ। साथै अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन, मास्क प्रयोग गर्न, अनावश्यक हिँडडुल नगर्न समेत अनुराेध गरेकाे छ।

विवाह, व्रतबन्ध, सभा, गोष्ठी लगायत सवै कर्यक्रम बन्द गर्न समेत अनुराेध गरेकाे छ साथै उल्लंघन गरेकाे पाइएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरीन वालिङ नगरपालिकाले जनाएको छ।

 

 

Facebook Comments
6Shares