23Shares
रबि थापा स्याङ्जा
भिरकोट नगरपालिकामा आजबाट भलिबल प्रतियोगिता शुरु भएको छ।
भ्याली युथ क्लब ढापुक – ८ भिरकोटद्वारा तमु ल्होसार पौष (१५) को पावन अवसरमा आयोजित अन्तर गाउँ स्तरीय पुरूष भलिबल प्रतियोगिता आज ९ गते बाट सुरु भएको हो।
हिजो पौष ९ गते क्लवका अध्यक्ष चित्र बहादुर विकको अध्यक्षतामा उद्दघाटन समारोह सम्पन्न भएको थियो। उद्घघाटन समारोहका प्रमुख अतिथि नेकपा भिरकोट नगर कमिटी अध्यक्ष मीन प्रसाद कोइराला (प्रतीक)ले खेलकुदको विकासमा आफ्नो सधैं सहयोग र सहकार्य रहिरहने र यस ठाउँमा भवन साथै खेल मैदान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । खेल सम्पन्न गर्नका लागि नेकपा भीरकोटले रु २५००० भ्याली क्लबलाई सहयोग गरेको छ । त्यसैगरी कोरोना भाइरस (कोबिड१९) लाई मध्यनजर गरेर सम्पूर्ण स्वास्थ मापदण्ड पालना गरेर खेल खेल्ने वातावरण बनाएको कल्बका अध्यक्ष चित्र बहादुर बि क ले जानकारी दिएका छन् । आजसम्म भ्याली युथ क्लबलाई यसै ठाउका लगायत विभिन्न ठाउँका सहयोगी मनहरू धेरै भन्दा धेरै सहयोग गरेको यसै क्लबका अध्यक्ष बि क ले जानकारी दिए । खेलकुदको विकासका लागि स्थानीय मोहन गुरूङ १००००,उत्तम बिक १००००,अनिल केसी ५००,देविलाल क्षेष्ठ ५००,लोक व थापा२०००,दुर्ग ब बि क ५००,मीन ब थापा १००५,दिनेश परिवार १०००,सोनम थापा१०००,पूर्ण कुमारी गुरुङ ५००,नवीन परिवार५००,दुर्गा बहादुर थापा ५००, शिव ब खत्री १०५०,भीम बहादुर थापा ३००, हुम प्रसाद गुरुङ ११५५,सोबित मगर १०००,निर्मला केसी १०००,डिल ब नेपाली १०००, भ्याली खाजा घर ४०००,कुल ब राना भुजेल २००५, साहिला खाजा घर रेष्टुरेन्ट एण्ड होटल २२२२, कृष्ण क्षेत्री ३०००, लाहुरे गाइजले ८ थान जर्सी,आश ब गुरुुङ प्राथामिक उपचार सहयोग गरेका छन्
खेलका लागि हालसम्म १२ टिम दर्ता भएको छ।
Facebook Comments
23Shares