मायादेवी मन्दिरमा नित्यपुजा संचालनको माग, अटेर गरे आन्दोलनमा जाने निर्णय

146Shares

३० भदौ लुम्बिनी


लुम्बिनी संरक्षण नागरिक समाजको एक प्रतिनिधि मण्डलले मायादेवी मन्दिरमा नित्य पूजा सञ्चालन गर्नका निम्ति “नित्य पुजा समन्वय समिति” संग छलफल शुरु गरेको छ।


लुम्बिनीका २५ भन्दा बढी बौद्ध विहार , गुम्बा , मन्दिरहरुले गठन गरेको नित्य पूजा समन्वय समिति सँग भेट गरि तीन दिन सञ्चालन भएर रोकिएको मायादेवी मन्दिरको नित्य पूजा कसरी चाँडोभन्दा चाँडो फेरि सुरु गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरेको छ ।


धर्मोदय सभा नव मैत्री विहारमा भएको छलफल कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थबिर, नित्य पूजा संयोजक भिक्षु बजिरा र सिंगापुर गुम्बा लुम्बिनीका लामा गुरु तासि लामा, लुम्बिनी संरक्षण नागरिक समाजका संयोजक मेघनाथ आचार्य , सह संयोजक एकारामुद्दिन खान, लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ सहितको उपस्थित रहेको थियो ।

मायादेवी मन्दिर भित्र भदौ १७ गते २०७७ देखि नित्य पूजा सुरु गर्ने सम्बन्धमा लुम्बिनी विकास कोष र भिक्षु लामाहरुबीच भएको समझदारी भदौ १७ गते १ दिन पूजा भए पछि भोलिपल्टै देखि लुम्बिनी विकास कोषले मायादेवी मन्दिरको ढाेका नखोलि दिए पछि थप दुई दिन मन्दिर बाहिरै पूजा गरेर भिक्षु लामाहरुले आफूलाई अपमानित अनुभव गर्दै मायादेवी मन्दिरमा पूजा गर्न जान छोडेका थिए ।
स्थानीय नागरिक समाज भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई अगाध श्रद्धा र आस्थाको पवित्र स्थल नभएर लुम्बिनी विकास कोष र सरकारको लुम्बिनीलाई संग्रहालय बनाउने कामकारबाहीबाट अत्यन्त क्षुब्द्ध र आक्रोशित भएका छन् ।

लुम्बिनी संरक्षण नागरिक समाज र भिक्षु लामा गुरुहरुका बीच भएको छलफलका क्रममा भिक्षु मैत्री महास्थविरले मायादेवी मन्दिर भित्र नित्य पूजा गर्ने प्रयास यस अघि पनि पटक पटक भएको तर लुम्बिनी विकास कोषकै असहयोगले सफल हुन नसकेको लामा गुरुहरुद्वारा प्रष्ट पारिएको छ।
जनरल खड्ग शमशेरले अशोक स्तम्भ पत्ता लगाएको अवसर पारेर सन् १९८७ देखि मायादेवी मन्दिरमा सुरु गरिएको नित्य पूजा लगभग ३ वर्ष चलेर लुम्बिनी विकास कोषकै असहयोगका कारण बन्द भएको उदाहरण प्रस्तुत गरेका थिए ।


लुम्बिनी संरक्षण नागरिक समाजका संयोजक मेघनाथ आचार्य , सह संयोजक एकारामुद्दिन खान, लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनी विकास कोषका पदाधिकारीहरु र कर्मचारीहरुका आँखा ठेक्का पट्टा, टेण्डर र ठूलाठूला भौतिक निर्माणमा मात्र केन्द्रित रहेको र अहिले दिनरात ग्लोबल टेण्डरको मत्र रटान लगाउदै हिडेकाले स्थानीय नागरिक समाज उठ्नु पर्ने बेला आएकैले आफूहरु अघि आएको बताए ।


लुम्बिनी विकास कोषका पदाधिकारीहरुको वर्तमान जमात ” ग्लोबल टेण्डर ” को नाउमा ठूलो स्रोत तथा साधन आफ्नो व्यक्तिगत हित र स्वार्थ सिद्धिमा लगाउन दत्तचित्त देखिएको र यस्मा विभागीय मन्त्री पनि संलग्न रहेको देखिन थालेको स्थानीय नागरिक समाजले अनुभव गर्न थालेको छ ।
बुद्धको जन्मथलो लुम्बिनी नेपाल भनेर नथाक्ने वर्तमान सरकार, विभागीय मन्त्री र कोष पदाधिकारी र कर्मचारीहरुको एउटा जमातका निम्ति लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण निर्माण तर्फ कुनै सरोकार नराख्ने तर के गर्दा ठूला निर्माणका काम ठेक्का पट्टा सुरु गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको देखिएको छलफलमा सहभागीहरुले आआफ्ना अनुभव प्रस्तुत गरेका थिए।


लुम्बिनी संरक्षण नागरिक समाजले तत्काल लुम्बिनी विकास कोषका सम्बन्धित पक्षसँग कुरागरि मायादेवी मन्दिर भित्र नित्य पूजा गर्ने वातावरण बनाउन अनुरोध गर्ने यस्तो हुन नसके दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको “नागरिक समाजका” सह संयोजक हेमबहादुर बिष्ठले बताएका छन्।


बुद्ध जन्मस्थल लुम्बिनी अरबौ बुद्ध तथा हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र हो। आफुलाई नास्तिक भन्न रुचाउने विश्वको ठुलो जमातले बुद्धको देशनासंग सहमत हुन्छन र उनले प्रतिपादन गरेका ध्यानविधिको अभ्यास गर्छन। कोरोनाभाइरसले घरमा थुनिएर बसेको विश्व समुदाय माझमा लुम्बिनीबाट प्रार्थाना,पुजा,र ध्यानका विधिहरुको प्रत्यक्ष प्रसारण गरी लुम्बिनी र नेपाललाई विश्वसमू चिनाई संसारभरका मानवजगतको कल्याण गर्दै उनीहरुलाई लुम्बिनिसंग जोड्ने सुनौलो अवसरको सदुपयोग गर्नुको साटो सामाजिक दुरी कायमगरि गर्नलागिएको नित्यपूजा समेत रोक्नुले सरकार र लुम्बिनी विकास कोषको बुद्धको देशना र लुम्बिनीको आध्यात्मिक वाताबरणमा ध्यान नपुगे स्पष्ट हुन्छ।

छुटाउनुभयो कि?

Facebook Comments
146Shares