मन्त्रिपरिषद्को निर्णय : लामो दूरीका यातायात र आन्तरिक उडान असोज १ देखि मात्रै खुल्ने

0Shares

सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका असोज १ देखि मात्रै सञ्चलनमा ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।
यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको थियो । नेपालमा अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि अन्तरजिल्ला र लामो दूरीका यातायातका बन्द गर्ने निर्णय भएको उनले बताए ।

यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि मात्रै सञ्चालनमा ल्याउने निर्णय भएकाे उनले जानकारी गराए ।

यसैगरी सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हाे ।

सरकारले चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गरी विदेशमा रहेका नेपालीको उद्धार गर्नेछ ।

Facebook Comments
0Shares