१५ भदौ, जनकपुरधाम
कोरोना संक्रमणका कारण ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी बालिकालाई तीन साताअघि उच्च ज्वरो र सास फेर्न समस्या भएपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको हो।
Facebook Comments