स्याङ्जामा निषेधाज्ञा थपियो

0Shares

स्याङ्जा :
स्याङ्जामा भदौ १८ गते सम्म निशेधाज्ञा कायम रहने छ । बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जारी निशेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।


जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको सूचना अनुसार कोरोना संक्रमणले जिल्लाको जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै स्वास्थ्य सुरक्षामा थप कडाइ गरिने छ।
निशेधाज्ञाकाे अवधीमा अति आवश्यक सेवाहरु संचालन हुनेछन जस्तै बैंक तथा बित्तिय संस्था,भौतिक दुरि कायम गरि खाद्यान्न,तरकारी ,फलफूल ,डेरि र माछामासु पसल बिहान ६ बजे देखि – ९ बजेसम्म र बेलुका ४ बजे देखि – ७ बजेसम्म खोल्ने,खाद्यान्न , कृषि र पशुपक्षी तथा निर्माण सामाग्रीहरु ढुवानीका सवारी साधनहरुलाई बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मात्र संचालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरु भौतिक दुरि कायम गकर्मचारीको हकमा आफ्नो परिचयपत्रका साथ बिहान ९ बजे देखि– १० बजेसम्म र बेलुका ५ बजे देखि ६ बजेसम्म आवातजावतमा सहजीकरण गर्ने (बीचको समयमा आवतजावत गर्न नपाईने।


अत्यावस्यक बाहेकका सेवाहरु जस्तै शैक्षिक संस्थाहरु विद्यालय,कलेज,ट्युसन सेन्टर , पुस्तकालय सभा,गोष्ठी ,तालिम, सेमिनार,भेला तथा सम्मेलन,सिनेमा हल , पार्टी प्यालेस , डान्सबार लगायतका मनोरञ्जन स्थल,शैलुन , ब्युटिपार्लर व्यवसाय,समुहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,धार्मिक स्थलहरुमा दैनिक नित्यबाहेका सबै गतिविधि बन्द रहने छन्।
गर्न नपाईने ।

जिल्ला प्रशासन कार्यालयको सूचना

Facebook Comments
0Shares