नायिका कुँवरको कोठामा भेटियो ‘सुसाइड नोट’

20Shares

अपार्टमेन्टमै मृत फेला परेकी नायिका जेनी कुँवरको ‘सुसाइड नोट’ प्रहरीले परीक्षण गर्न ल्याबमा पठाउने तयारी गरेको छ।

बिहीबार राति काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परेकी निर्माता जेनी कुँवरको कोठामा सुसाइड नोट फेला परेको छ। उनी अपार्टमेन्टमा श्रीमानसँग बस्थिन्।

घटनस्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले बताएको। प्रहरीका अनुसार नायिका कुँवरले आफ्नो मृत्युको दोषी कोही नभएको भन्दै उल्लेख गरिएको छ।

सुसाइड नोटको परीक्षण गर्न प्रहरीले सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ।

नोटमा उनले आफ्नो दिमागी हालत ठिक नभएको कारणले आत्महत्या गरेको उल्लेख गरेको प्रहरी स्रोतले बतायो।

‘मेरो दिमागी हालत ठिक नभएर मैले सुसाइड गरेको हो। मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नुहुन्छ। यसमा कसैको दोष छैन। बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, झनझन् गाल्दै गयो त्यही भएर आत्महत्या गरेकी हुँ,’ सुसाइड नोटलाई उदृत गर्दै एक प्रहरीले भने,’नोट कोठामै भेटिएको थियो।’

कुँवरको शव भने पोष्टमार्टम गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाई सकेको छ।

निर्माता कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायत फिल्ममा अभिनय गरेकी थिइन्।

 

Facebook Comments
20Shares