हिजो शुक्रबार जनचेतना मुलक गित सार्बजनिक भएको छ।
विश्वनै कोरोना ले आक्रान्त भैरहेको बेला नेपाल पनि यसको प्रभाव बाट अछुतो रहन सकेन फलस्वरूप जन जनमा यस महामारी ले नराम्रो सँग मानसिक क्षति पुर्याएको देखिएको छ । यसै सन्दर्भमा मरुन एकेडेमी एंड पर्मामेन्स आर्टकाे संयोजनमा एन पि साउण्डले जनचेतना मुलक संदेश बोकेको गित बजारमा ल्याएको हो ।
आज हो की भोलि हो थाहा छैन जीवन, नगरौं है गरुङ्गो यो मन,….. यो संसार फेरि उठ्ने छ,……. हामी पुन यथास्थिति मा आउने छौं……, केही धैर्य गरौं जस्ता मन लाई सान्त दिने खालका शब्दले गीतलाई धेरै ले रुचाउने र थप चर्चा बटुल्ने अनुमान गरिएको छ ।
मरुन एकाडेमीका निर्देशक एबं संगीतकार पवन अधिकारीको शब्द र संगीत रहेको गितमा संजय अधिकारीले स्वर दिएका छन्। पिआनिका सूर्य अधिकारीको रहेको छ भने पर्क्युसन् विक्रम अधिकारको छ।
बुटवलको विभिन्न ठाउँमा छायांकन गरेको गीतलाई रमेश रिजाल र आकाश धिमालले निर्देशन गरेका छन् भने रमेश र अजिपकाे सम्पादन रहेको छ। भिडियोलाई नयाँ शैलीमा प्रस्तुत गरीएको छ।
कलाकारमा पवन, विक्रम संजय र सूर्य आफै छन्, गजबको कुरा यिनीहरू चारैजना दाजुभाई हुन। वालिङ्ग १० मा सङ्गीत विद्यालय संचालन गरेका दाजुभाई ओशो सन्यासी हुन्, यिनीहरू योगा र ध्यानमा सक्रिय छन्। विक्रम अधिकारी इन्जिनियरिङ पेशामा बाग्लङमा छन् भने गायक संजय अधिकारी काठमाडौमा क्याम्पस पढाउँछन्। माइक्रो बाओलोजीमा स्नातक गरेर यु ए ई गएका संगीतकार पवन आफ्नै देशमा केहिगर्नु पर्छ भनि राम्राे जागिर छाडेर नेपाल फर्केका हुन्। अहिले आफ्नै घरमा संगीत विद्यालय चलाई रहेका छन् उनका कान्छा भाई सूर्य अधिकारीले भर्खर स्नाकोत्तर सकी फर्केका छन् र दाईलाई र बाबा आमाको व्यापारमा सहयोगको छन्। दाजुभाई मिल्यो भने घरनै मन्दिर बन्न सक्छ भन्ने उदाहरण दिएका छन् चार भाइले।
तपाईहरु कसरी यस्तो बन्नु भो भनि गरीएको प्रश्नमा ओशोको ध्यान, स्वामी आनन्द अरुणज्यूको प्रेरणा रहेको इन्जिनियर विक्रमले बताए, उनलाई ओशोको साधकको समूहमा स्वामी चैतन्य योगी भनेर चिनिन्छ। सानै देखि आमा बुवाकाे संस्कार र दाई पवनको सहयोगी स्वभावले अगी बढ्न सधै सहयोग मिलेको उनले लुम्बिनी जगरणलाई बताए।
अहिलेको तनाव र भयमा बाँचेको समाजलाई अध्यात्मिक मार्ग, अन्तर शान्ति र जनचेतना मूलक गित निर्माण गरि समाजलाई अहिंसाकाे मार्गमा लाग्ने खालको गीतहरू निर्माण गर्ने मरुनको उदेश्य रहेको संगीतकार पवन अधिकारीले लुम्बिनी जगरणलाई बताए।
गीत हेर्न र सुन्न तलको लिंकमा क्लिक गरौ।
ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु