भारतको राजधानी दिल्लीमा कोरोना भाइरसकाे चौथौ पटककाे लहरबाट बच्नको लागि रात्रिकालीन कर्फ्यु सुरु सुरु हुने भएको छ।
दिल्ली सरकारले ३० अप्रिल सम्म रात्रिकालीन कर्फ्यु लगाउने निर्देशन दिएको छ। कर्फ्यु राति १० बजे देखि बिहान ५ बजे सम्म लाग्ने छ, यो समयमा आकस्मिक सेवा बाहेक अन्य आवत जावतमा रोक लगाइने छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र स्वास्थ मन्त्री सत्येन्द्र जैनले लकडउन कुनै हल नभएको बताइरहेका छन्। रात्रीकालीन कर्फ्युले केहि सहयाेग पुग्ने बताइएको छ।
सोमबार दिल्लीमा कोरोनाकाे पोजिटिभ दर ५% ले बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ५% भन्दा तल सुरक्षित मानिन्छ।
कर्फ्युको समयमा आवत जावतमा पुरै प्रतिबन्ध लगाएको छ भने अत्यावश्यक सेवाका लागी सरकारले सूची तयार गरेको छ, जसलाई धेरै श्रेणीमा बाँडिएको छ। जसमा कर्मचारीले परिचय पत्र देखाउनु पर्ने छ।
श्रोत: नवभारत टाइम्स