राप्रपा नेताहरुको भेलामा थापा, लोहनी र राणाको विकल्प खोजिनुपर्नेमा जोड

0Shares

महाधिवेशनको मिति नजिकिँदै गर्दा सही नेतृत्व चयन गरिनुपर्ने भन्दै राप्रपाभित्र आन्तरिक छलफल, भेला तथा बैठक तीव्र बन्दै गएको छ । पार्टीलाई गतिदिन युवा पुस्तालाई अघि सानुपर्ने मत राप्रपामा बलियो छ । राप्रपाको वैशाख  देखि २८ सम्म महाधिवेशन तोकिएको छ ।

यही विषयमा राप्रपाका एक समूहको सुनसरीको इटहरीमा भेला भएको छ । सो भेलामा एमाले प्रवेश गरेका पूर्व सभामुख गंगा यादव पनि सहभागी भएका छन् । भेलामा यादवको सहभागिता रहेको राप्रपा नेता दिलनाथ गिरीले पुष्टि गरे ।

प्रतिनिधिसभा निर्वाचन अघि यादव अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल लगायतले बालकोटमा आयोजित कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका थिए ।

 

इटहरी भेलामा नेता गिरीसहित रामकुमार सुब्बा, प्रह्लाद शाह, केदार कोइराला, स्पर्श कार्की, टंक दाहाल, भीम श्रेष्ठ, जयबहादुर श्रेष्ठलगायत सहभागी रहेका थिए ।

उनीहरुले पार्टीका अध्यक्षत्रयबाट एक जना अबको महाधिवेशनबाट सर्वसम्मतका साथै पार्टीलाई पनि गति दिनसक्ने ग्यारेन्टी हुन सके स्वीकार गरिने नत्र युवा वा दोस्रो पुस्ताबाट नेतृत्व चयन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

 

 

 

Facebook Comments
0Shares