पब्लिक एकेडेमी ढापुक८ मा अनेरास्ववियूको भेला सम्पन्न भएको छ।
कमिटी निर्माणको लागि गरिएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू जिल्ला सदस्य सागर थापा( डल्फिन) विद्यार्थी आन्दोलनको स्वरुप सिर्जनात्मक हुनुपर्ने बताउनु भयो। सो भेलाले कमिटीको अध्यक्षमा श्रेया सुनार भएकी थिइन् । त्यसैगरी ९ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरेको छ भने कमिटीको उपाध्यक्षमा सरिता खत्री ,सचीवमा साहिल गुरूङ र सहसचिवमा पुष्पा परियार र धर्मराज गुरूङ रहेका थिए।त्यस्तै कोषाध्यक्षमा मनिसा गुरूङ, सहितको कमिटी निर्माण गरेको छ।
देशको पछिल्लो राजनैतिक घटनाक्रम बारे अवगत गराउदै
नवनिर्वाचित कमिटीलाई नेता सगर थापाले सपथ ग्रहण गराउनु भएको थियो । त्यसै गरि कार्यक्रममा अनेरास्ववियू स्याङ्जाको नेताहरु जनक अर्याल र टिका गुरूङ मन्तव्य राख्नु भएको थियो।
Facebook Comments