निशान भट्टराईको स्वर र टीआर गौडेलको निर्देशनमा ‘नआउनु है भेट्न’ सार्वजनिक

0Shares

काठमाडौँ-गायक निशान भट्टराईको स्वरमा नआउनु है भेट्न बोलको गीत सार्वजनिक भएको छ। यो गीतको शब्द टि आर गौडेलले लेखेका हुन्।

गीतमा संगीत र एरेञ्ज बाबुल गिरीले गरेका छन्। ड्रिम्स स्टुडियोमा रेकर्ड भएको यो गीतलाई दिपेन्द्र धामीले रेकर्ड गराएका हुन् भने प्रकाश केसीले मिक्सिङ गरेका हुन्।

यो गीतको भिडियोमा प्रथम खड्का र रियाशा दाहालको अभिनय रहेको छ। गीतलाई टिआर गौडेलले निर्देशन गरेका हुन्।

गौडेलले यस अगाडि ‘हन्ड्रेड रुपिज’ नामको सर्ट मुभी बनाएका छन्। यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय सम्मान पाएको छ।

Facebook Comments
0Shares