लुम्बिनी संरक्षण नागरिक समाज गठन

3Shares

गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनीको संरक्षणको लागि नागरिक स्तरबाट “लुम्बिनी संरक्षण नागरिक समाज” गठन भएको छ।


लुम्बिनीका विभिन्न सामाजिक संघ संस्था , युवा तथा महिला समूहहरु ,पर्यटनसँग सम्बद्ध संघसंस्था र प्रबुद्ध व्यक्तिहरुको भेलाले हालै ” लुम्बिनी संरक्षण नागरिक समाज” गठन गरेको छ। मेघराज आचार्य संयाेजक रहेको युक्त भेलाले हेमबहादुर बिष्ट र एकाराम खान सह संयोजक र सचिवमा पुरुषोत्तम अर्याललाई चयन गरेको छ ।


भगवान बुद्धको जन्मथलो लुम्बिनीमा आध्यात्मिक वातावरणको निर्माणमा सहयोग पुर्याउनु, पूर्वाधार संरचनाको दूरावस्था तर्फ सम्बन्धित पक्षलाई जागरुक तुल्याउनु , लुम्बिनी विकास कोषमा हुने गरेका बेथिति , अनियमितता र नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्ध खवरदारी गर्नु र जनसरोकारका विषयमा आवाज उठाउनु “नागरिक समाजको” प्रमुख उदेश्य रहेको समाजका सहसंयोजक हेमबहादुर बिष्टले लुम्बिनी जागरणलाइ बताए।


भगवान बुद्धको पबित्र जन्मस्थल लुम्बिनीमा आध्यात्मिक वातावरण नभई केहि पर्यटन र आम्दानीको श्रोत बनाउन खोजिनु, त्यहाँ रहेका गुम्बाहरुमा ध्यान साधना भन्दापनि ब्यापारिक प्रयोजन लागि प्रयोग हुनु, राजनीतिक खिचातानीमा रहेको सरकारले लुम्बिनी आउने पर्यटनका लागि आबस्यक भौतिक बिकासमा कुनै ध्यान नदिनु, लुम्बिनी विकास कोषले स्थानीयसंग लुम्बिनीको बिकासमा कुनै सहकार्य नगरेको आवस्थामा स्थानीयवासीको सक्रियतामा गठित “लुम्बिनी संरक्षरण नागरिक समाज ” सबैको लागि आशाको केन्द्र बनेको छ।

छुटाउनुभयो कि?

Facebook Comments
3Shares