देशमा रहेको १८ घण्टाको लोडसेडिंगको अन्त्यगरी जनतालाई अन्धकारबाट मुक्त गरेका नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिधुत प्रधिकरणमा पुन: नियुक्तिको लागि “नागरिक समाजले” कुलामानको पक्षमा लुम्बिनीको पर्साचोक सहित दुई ठाउमा “तिमि छौ र उज्यालो छ” भन्ने स्लोगन सहितको ठुलो ब्यानर राखी अभियान चलाएको छ।
‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी घाटामा रहेको प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन कुलमान घिसिङको ठुलो योगदान रहेकोले समाजले अभियान चलाउने निर्णय गरेको हो।
देशमा लोडसेडिंगको अन्त भैसकेपछि पनि दिनमा २५ औ पटक त्रिपिङ्गको समस्याबाट दिक्क भएर गतवर्ष लुम्बिनीका केहि अगुवा समाजसेवी कुलमानलाइ भेट्न उनकै कार्यकक्षमा पुगेर गुनासो गरेका थिए। कुलमान घिसिङले तुरुन्तै भैरहवा फोनगरी सम्पूर्ण जानकारी लिनुका साथै लुम्बिनी जस्तो अन्तराष्ट्रिय महत्वको केन्द्रमा यस्तो हुननहुने भन्दै तुरुन्त समाधान गर्न र लुम्बिनीको बिधुत लाइनको स्तरउन्नति गर्न समेत निर्देशन दिएका थिए। त्यहिदिन देखि लुम्बिनीको समस्या समाधान भएको अनुभव लुम्बिनीवासीसंग छ।
हामीले कुलमानका पक्षमा चलाएको अभियान हाम्रो ( लुम्बिनीवासीको ) समर्थनको एउटा प्रतीक हो । “न व्यक्ति पूजा हो, न चाकडी हो” लुम्बिनी संरक्षण नागरिक समाजका सह संयोजक हेमबहादुर बिष्टले बताएका छन्। हामी , सार्वजनिक ओहोदामा बसेर राष्ट्र सेवा गर्नेहरु सुशासन , इमानदारी , कर्तव्यनिष्ठ र विनम्रताका पक्षमा हुन् भन्ने चाहन्छौं । उनीहरु हाम्रा मालिक वा साशक होइन जनताका सेवक बनुन भन्ने चाहन्छौं। हामी भ्रष्टाचार , कमिसन तन्त्र, चाकडी , चाप्लुसी, आफ्नो प्रसंसा मात्र सुन्न चाहने र राज्यका स्रोत साधनलाई आफ्नो निजी सम्पत्ति जस्तो मनपरि तन्त्र चलाउने परिपाटीको बिरोधमा छौं। कुलमान जस्तो राष्ट्रसेवकलाई पुनः नियुक्ति देउ भनेर आम नागरिक सडकमा उत्रनु पर्ने र त्यति हुँदा पनि यो शासन व्यवस्थाले के गर्नेहो भन्न नसकिने यो कस्तो तन्त्रहोला ? सह संयोजक बिष्टले सरकारलाई प्रश्न गरेका छन।
कुलमान घिसिङ २०७३ सालमा नेपाल बिधुत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति भएको दोस्रो महिनामा नै २०७३ कार्तिक १४ गरे लक्ष्मी पुजाको दिनमा काठमाडौँबाट लोडसेडिंग मुक्तगर्ने कार्यको शुभारम्भ गरेका थिए। आफ्नो चार बर्षको कार्यकालमा १८ घण्टा लामो लोडसेडिंगलाइ अन्त्यगरी जनतालाई खाना बनाउने देखि सबैकाम बिधुतबाट गरी बिधुत खपत गर्न घिसिङले अनुरोध गर्दै आएका छन साथै ३५ अर्ब घाटामा रहेको बिधुत प्राधिकरणलाइ हरेक बर्ष नाफामा ल्याउन सफल भएका छन्।