बिगत केहि समय देखि फोक्सोको संक्रमणको कारण बिरामी रहेका भारतका पुर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको कुरा उनका छोरा अभिजित मुखर्जीले जानकारी दिएका छन्।
दिल्लीको कैंट स्थित आर्मी रिसर्च एंड रेफरल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
८४ वर्ष उमेरका मुखर्जी लगातार कोमामा रहदै आएका उनलाई भेण्टिलेटरको सहयोगमा राखिएको थियो। सेप्टिक शक ( सेप्टिक शोकक)को स्तिथिमा रक्तचाप कम भई शरीरका मुख्य अंगहरुले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्न सक्दैन। उनलाई १० अगस्तका दिन अस्पतालमा भर्ना गरिएको थियो। यस अगाडी उनको कोरोना रिपोर्ट पनि पोजिटिव आएको थियो।
मुखर्जीको मस्तिष्कमा रगत जमेको कारण उनको अपरेशन गरिएको थियो। आस्पतालामा भर्ना गर्दा उनलाई कोभिड १९ को संक्रमण पनि पाइएको थियो। त्यसपछि उनलाई श्वास सम्बन्धि संक्रमण भएको थियो।
मुखर्जी भारतको १३ औ राष्ट्रपतिको रुपमा सन् २०१२ देखि २०१७ सम्म पदमा रहेका थिए। उनका दुइ छोरा र एक छोरी छन्।
आफ्नो कार्यकालमा खुलेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको प्रशंसा गर्ने पुर्व राष्ट्रपति मुखर्जीलाई नै प्रधानमन्त्री मोदीले पुन: राष्ट्रपति बनाउन चाहन्थे तर आफ्नो उमेर र स्वास्थ्यका कारण मुखर्जी आफैले अस्विकार गरेका थिए। प्रधानमन्त्री मोदीले मुखर्जीको मृत्युबाट पुरै देश शोकरहेको बताएका छन्।
श्रोत : अमर उजाला