काठमाडौँ– बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन्।
परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुल्ला रहेको स्पष्ट पारिन्।
सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन्।
मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन्। उनी निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन्।
प्रधानमन्त्री ओलीले गृहमन्त्रीबाट रामबहादुर थापालाई हटाए पनि उनकाे परिवारबाट एक मन्त्री बनाएका छ। नेपालमा लोकतन्त्र आएपछि पारिवारिक पंचायतमा भन्दा धेरै परिवारबाद भेटिएको छ।