राष्ट्रिय एकता दिवसको अवसरमा क्षयरोग पीडितलाई २१,००० सहयोग

140Shares

करूङ बयरघारी मुस्लिम युवा क्लवले चालेको अभियान क्षयरोग २ वर्षीय ईश्वर खत्रीको उपचारका लागी आर्थिक जुटाउन सहयोग गर्दै आएको छ। घरको आर्थिक अवस्था नाजुक रहे पछि आज राष्ट्रिय एकता दिवसका अवसरमा करूङ बयरघारी मुस्लिम समाज कतारले केही हद सम्म सहयोग रहने गरि पीड़ितलाइ क्लव द्वारा आर्थिक सहयोग गरेको छ।

 

हस्तांतरण कार्यक्रममा करूङ बयरघारी मुस्लिम युवा क्लवका सचिव अहमद अलि मियाँ ज्यु , सह सचिव मोहम्मद ईर्साद B ज्यु, क्लवका सदस्य अब्दुल करिम ज्यु, जैनुल मियाँ ज्यु, इनाएत अलि ज्यु , ईरफान अलि ज्यु र अलि मियाँ ज्यु लगाएत करूङ बयरघारी मुस्लिम समाज कतारका संस्थापक कोषाध्यक्ष नुरूल हक मियाँ ज्यु सहित करूङ बयरघारी मुस्लिम समाज मदर्सा संचालक समितिका उपाध्यक्ष मोहम्मद शैयद ज्यु, कोषाध्यक्ष दिन अहमद मियाँ ज्यु, सदस्य मन्जुर अलि ज्यु, मस्जिदका मौजन हनिफ मियाँ ज्यु, समाजसेवी याकुब मियाँ (सेते) ज्यु हरूको प्रत्यक्ष उपस्थितिमा करूङ बयरघारी मुस्लिम युवा क्लवका अध्यक्ष मोहम्मद जुमाल अलिको संयोजकत्वमा संकलन रकम रू. २१,०००.००/- (एक्काइस हज़ार रूपैया) बिरामी बालकको आमा लाई हस्तान्तरण गरिएको छ।

शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, यस अभियानमा आर्थिक जुटाउने कार्यमा सहयोग गर्ने करूङ बयरघारी मुस्लिम समाज कतारका अध्यक्ष हैदर अलि लगाएत सम्पूर्ण सहयोगी दाताहरू प्रति मुस्लिम युवा क्लवले हार्दिक आभार व्यक्त गरेको थियो ।

 

 

Facebook Comments
140Shares