सर्वोच्चको अन्तरिम आदेश माथि क्रीतिका शाहको प्रतिक्रिया

72Shares

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको अन्तरिम आदेश माथि पूर्वयुवराज पारस शाहकी छोरी क्रीतिका शाहले प्रतिक्रिया दिएकी छिन्।

विहीबार नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। यो अध्यादेश जारी हुँदा निकै अध्यादेशको पक्षमा तराइ मधेशमा दिपावलीसमेत भएको थियो भने देश भर निकै आलोचना समेत भएकाे थियाे।

यो अध्यादेशलाई विहीबार सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरी कीर्तिका शाहले ट्वीट गर्दै सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।’ क्रीतिक शाह पछिल्लो समय देखि देशको विभिन्न् परिस्थिमा निकै चासो राख्दै आएकी छन्।

 

Facebook Comments
72Shares