आफ्नो नागरिकको स्वास्थ्य प्रति थप जिम्मेवार बन्दै गएको
वालिङ नगरपालिकाले कोभिड विरुद्वको खोप किन्ने अनुमति
मागेकोछ।
जिल्लाको ११ स्थानिय निकाय मध्य कोरोनाबाट आक्रान्त
वालिङङ नगरपालिकाले कोभिड विरुद्वको खोप उपलब्ध
गराइदिन वा खरिदको अनुमति दिन स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयलाई पत्रचार गरेको छ ।
दोस्रो लहरको भेरियन्ट तिब्ररुपमा फैलिएपछि व्यवस्थित आइसोलेनको निर्माण गरी स्वास्थ्यकर्मीलाई जिम्मेवारीकासाथ परिचालन गर्दै आफुपनि उद्धारमा खटेका वालिङ नगरपालिका नगर प्रमुख दिलीप प्रताप खाँणले अब खोपको अर्को विकल्प नरहेकोले खोप उपलब्ध गराइयोस वा किन्ने अनुमति दियोस् भनेर पत्रचार गरेका हुन।
स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमितको घर घर पुगेर अवस्था बुझ्ने, सहयाेग गर्ने, यातायात देखि अक्सिजनसम्मको व्यवस्थामा जुट्ने गरेका नगरप्रमुख खाँण, उपप्रमुख कल्पना तिवारीको काम जिल्लामा मात्र नभएर नेपाल भरिनै प्रसंशा योग्य रहेको स्थानीयवासीले बताउँछन्।
कोभिड विरुद्धको दुई खोप लगाउँदा एक व्यक्तिमा ८ डलर लाग्ने र गरिब तथा विपन्नवर्गलाई निःशुल्क खोप उपलब्ध गराउने तयारीमा नगरपालीका जुटेको छ।
नागरिकको स्वास्थ्यप्रति जुन जिम्मेवारीकासाथ वालिङ नगरपालीकाका प्रमूख, उपप्रमुख र स्वास्थ्यकर्मी लागेका छन् यसरी सरकार र अन्य स्थानीय निकाय लाग्ने हो भने नेपाल कोरोनाकाे संकटबाट छिट्टै बाहिर निस्कने थियाे।
Facebook Comments