मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले चैत १८ गते, पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, स्वेडा लघुवित्तलाई प्राप्तिपश्चात शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभालेपारित गर्नेछ।
सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
श्रोत: merolagani.com