155Shares
बालबालिकाहरूका लागि प्रेन्सा रेग्मीको प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न भएकाे छ।
भिरकोट नगर बालसंजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा पौष २८ गते सम्पन्न भएको युक्त कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख क्षायाराम खनाल, विशिष अतिथि प्रेन्सा रेग्मी,उपप्रमुख सीमा कर्माचार्य,सहित विभिन्न समाजसेवी व्यक्तित्त्व र भिरकोट नगरका विभिन्न विद्यालयका विद्यार्थीको उपस्थिति थियो।
विशिष्ट अतिथिको रूपमा रहेकी प्रेन्सा रेग्मीले आफूले गरेको कामहरूको खुलेर वर्णन गरेकी थिइन । प्रेन्सा रेग्मीले कोरोना भाइरसले ग्रस्त पारेको बेला ठाउँठाउँमा पुगेर देशको लागि केही योगदान दिनु पर्छ भनेर फुड बैंक हुनेले दिएर जाने र नहुनेले लिएर जाने अभियान चलाएको ,मास्क वितरण ,दशै तिहारको माहोलमा गरिब बालबालिका देखि सम्पूर्णलाई मिल्ने कपडा बाँडेको ,सहरमा बढ्दो फोहोर लाई नियन्त्रण गर्नको लागि डोकोहरू चोकचोकमा झुन्डाएको र आफूले पढेको किताबहरू अरूको लागि काम लाग्ने भनेर बुक स्टोर खोलेको उनले बताइन् । त्यसैगरी उनी भन्छिन् पैसाले मात्र समाजसेवा नहुने र सानासाना विकृतिलाई सुधारे पनि समाजसेवा हुने बताइन् ।त्यतिमात्र नभई कुनै पनि सहयोग सानो नहुने र हरेक कामहरू देशको लागि एकदमै महत्त्व र योगदान दिने खालको हुने उनले बताइन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरप्रमुख छायाराम खनालले पेन्सा रेग्मीको कामलाई लिएर उच्च सम्मान गर्दै रेग्मीले यो उमेरमा गरेको समाजसेवालाई जोडेर आफूले बाल्यकालमा पाएको पीडा र दुखको वर्णन गरे भने यहाँसम्म सानोतिनो दुखले नआएको पनि बताए । त्यसैगरी खनालले भीरकोटलाई माघ महिना भित्र बालमैत्री नगर घोषण गर्ने पनि बताउनुभयो भने अध्यक्ष सुदिप पौडेलले आफ्नो नगरपालिका बालबालिकाको भावना बुझेर अघि बढेको र हरेक दुख ,सुखमा नगरपालिकाको साथ पाउने आशा राखेको बताए ।
Facebook Comments
155Shares