केपी ओली बिरुद्द झन् कडा रुपमा उत्रने तरुण दल अध्यक्ष खाँणको चेतावनी

20Shares

पौष १२, वालिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असवैधानिक काम गरेको भन्दै नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध र्याली गरेको छ । तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल र्याली गरेको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको र्याली मिर्दी, त्रियासी, खहरे हुदै पुन मोडमा आएर कोण सभामा परिणत भएको थियो । नेपाली कांग्रेसले पौष १३ गते देशभर गर्ने भनेको विरोध प्रदर्शनको तयारी रहेको तरुण दलले जनाएको छ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले यो सरकार गैर जिम्मोवारी पूर्ण ढङ्ले अगाडि बढिरहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमि र न्यायप्रेमि जनता सडकमा आउन र  संविधानको रक्षा गर्न र सफल राष्ट्र निर्माण गर्ने अभियानमा जोडिन सबैलाई आग्रह गर्नु भयो ।

उनले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न र अधिनायकबाद हावी गराउन गरेको संसद विघटनले मुलुक दुर्घटनमा परेको बताए।

सभापति रानाले सोमबार हुने बिरोध प्रदर्शनमा समेत सहभागी हुन सबैलाई आह्वान गर्नु भएको छ ।

नेपाल तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको घोर भत्र्सना गर्दै यो सांकेतिक र्याली रहेको र भोलिका दिनमा अरु कडा रुपमा प्रस्तुत हुने बताए।

Facebook Comments
20Shares