खोक्रो राष्ट्रप्रेम

94Shares

विशाल थापा स्याङजा

दुई छाकका लागि दौडिने मान्छे
दुई रुपैयामा झुक्कने मान्छे
ए हजुर, ए हजुर भन्दै हिड्छ
जतासुकै ठस्ठसी कन्दै हिड्छ
मेरो देश भन्दै हिड्छ।।।

ढुक्क दुई पेट खाने मान्छे
आफ्नो लागि डाडाकाटी जाने मान्छे
के छ र नेपालमा सोच्दै हिड्छ
यहाँ बाच्ने नेपालिलाइ घोच्दै हिड्छ
मेरो देश बिगृयो भन्दै हिड्छ।।।

भैपुगेको खाने लाउने मान्छे
आफैलाइ पर्याप्तताको बाटो रोज्छ
DV र PR का सपना बोक्छ
युरोपिन नसक्नेलाइ ठोक्छ
देशको सम्मान बिदेशमा खोज्छ।।।

उद्दोगी ब्यापारी का के कुरा
भुकम्प नाकाबन्दिका फाइदा खोज्छ
जहाँ जाओस विश्व ससुराली उसको
अप्ठ्यारो खोजेर ठूलो बन्ने पाटो रोज्छ
देशबाट देश लुट्ने बाटो खोज्छ।।।

कर्मचारी भन्छ देशले पाल्नुपर्छ
घर घडेरी गाडी राज्यले फाल्नुपर्छ
दिनभर घाम ताप्न पाउनुपर्छ
घुसखोरी गरिखान पाउनुपर्छ
नया नेपाल बनाउनुपर्छ।।।

नेता कस्ता कार्यकर्ता नै नचाहिने
पहिला आफू आफन्त बनाउनु पर्छ
ढाडिएर जनता ढ्डाउनु पर्छ
जसरी नि कुर्सी अड्याउनु पर्छ
रास्ट्रको नारामा लड्याउनु पर्छ।।।

बुद्धिजीवी ज्ञानि फेरि कस्ता अनेक
हामिलाइ सम्मानित बनाइनुपर्छ
बिग्रेको किन? खोजाइनु पर्छ
योजनाका कुरामा लुकाइनु पर्छ
देशलाई कुटनैतिक रुपमा उठाउनु पर्छ।।।

सामान्य नेपाली के बुझोस
देश त उस्को थाप्लोमा छ
बोल्ने अधिकार नेतालाइ दियो
लुट्ने अधिकार उद्दोगी लियो
किन भयो यस्तो कसलाई भनोस?
आफुलाइ जिताएको नेता भागेको छ
मेहनत गरेर बनाएको साहु फरार छ
कठै उस्को खोक्रो देश प्रेम।।।

Facebook Comments
94Shares