दोहोरो शुल्क लिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

2Shares

कोरोना भाइरसका संक्रमित दिनैदिन बढ्दै गएपछि अस्पतालहरूले दोहोरो शुल्क लिने गरेको गुनासो आएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।
कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ।
आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्नेरगराउने निर्णय गरेको छ ।

Facebook Comments
2Shares