किस्ट अस्पताल, ललितपुरमा उपचाररत् ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
काभ्रे स्थायी घर भएकी महिलाको सोमबार बिहान मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) अमिस पाठकले जानकारी दिए।
मृतक महिला निमोनियाका कारण समस्या भएपछि यही २५ गते अस्पताल भर्ना भएकी थिइन्।
सोमबार मृत्यु पश्चात उनको स्वाब परीक्षण गर्दा दिउँसो २ बजे कोरोना पोजेटिभ देखिएको पाठकले बताए।
‘निमोनिया जाँच गर्न अस्पताल भर्ना भएको बिरामीको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो,’ पाठकले भने।
सोमबारै कीर्तिपुर ट्याङ्लाफाँट निवासी एक पुरुष र वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।
Facebook Comments